
पूर्णपुष्टि,जेष्ठ ३ । चौदण्डीगढी नगरपालिका–६, सातधार स्थित ज्योति जनता बहुमुखी क्याम्पसलाई कोशी प्रदेश सरकारका प्रशासन सुधार आयोगका सदस्य तथा नेपाल सरकारका पूर्व सह–सचिव बाबुराम पौडेलद्धारा वित्तीय लेख र विश्लेषण पुस्तक हस्तान्तरण गरेका छन् । बुधवार क्याम्पसमै पुगेर ब्यबस्थापना संकाय तर्फको स्नातक प्रथम बर्षमा अध्ययन गर्ने बिधार्थीहरुका लागि ३० थान वित्तीय लेखा र विश्लेषण ९ँष्लबलअष्ब िब्अअयगलतष्लन बलम ब्लबथिकष्क० पुस्तक हस्तानतरण गरेका हुन् ।
उक्त पुस्तक चौदण्डीगढी नगरपालिकाका उपप्रमुख मणिकादेवी दुलाल, वडा अध्यक्ष अम्बर बहादुर खड्का, क्यामस ब्यबस्थापन समितिकका सदस्य सम्भु पौडेल लगायतको उपस्थितीमा पौडेलले संयुक्त पुस्तक हस्तानतरण गरेका थिए । पुस्तक अभाव हुँदा विद्यार्थी लाई उच्चीत शिक्षा प्रदान गर्न गार्हो भएको अवस्थामा पुस्तक हस्तान्तरणले महत्वपूर्ण भूमिका खेल्ने ज्योति जनता बहुमुखी क्यामपसका प्रमुख मनोज झाले बताए ।
पौडेलले शिक्षा भन्दा ठुलो बिषय अरु केही नभएको भन्दै आफु पनि यही ठाउँमा जन्मेर हुर्केर सरकारी उच्च पदमा पुग्न सफल भएको स्मरण गर्दै ठाउँले शिक्षा आर्जन गर्न कुनै अबरोध नगर्ने भएकोले आफ्नै ठाउँको क्याम्पस बाट उच्च शिक्षा हांशिल गर्न बिद्यार्थीलाई आग्रह गरे । वहाँले ज्योति क्याम्पसमा पढ्ने बिधार्थीको उज्वल भबिस्य बनोस भन्ने अभिप्रायले आफुले पुस्तक हतान्तरण गरे ।
बाबुराम पौडेल ज्योति माद्यामिक बिधालय बेल्टारका पहिलो एसएलसी ब्याज २०३७ का प्रथम विद्यार्थी हुन् भने उनले १ लाख बराबरको ज्योति माद्यामिक बिधालयमा अक्षकोष स्थापना समेत गरेका छन् ।
