झापामा एक मासु व्यापारीको हत्या

पूर्णपुष्टि, असोज २७
झापाको बिर्तामोडमा एक जना मासु व्यापारीको हत्या भएको छ । बिर्तामोड–५ स्थित महानन्द चोकमा मासु पसल गर्दै आएका अर्जुनधारा–६ का अन्दाजी ५० वर्षीय इन्द्रबहादुर मगरको गएराति हत्या भएको हो ।

मगरको मासु पसल भित्र हत्या भएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यले बताउनुभयो । आचार्यका अनुसार मगरको गर्धनमा धारिलो हतियारको चोट रहेको बताउनुभयो । प्रहरीका अनुसार उनको शरिरका अन्य भागमा पनि चोट रहेको छ । घटनाबारे जानकारी पाउनसाथ राति १० बजेनै प्रहरी घटना स्थलमा पुगेको थियो ।

शव पोष्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीले जनाएको छ । हत्यामा संलग्नको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0