Thursday, May 14News That Matters

झापामा करेन्ट लागेर एकको मृत्यु

काठमाडौं,जेठ २३ गते ।

झापाको गौरीगञ्ज गाउँपालिका–५ फत्तेपुर बस्ने १७ वर्षीय रोहितसिंह गनगाईको करेन्ट लागेर आज मृत्यु भएको छ । छिमेकीको विवाहमा जेनेरटरको तार खोल्ने क्रममा करेन्ट लागेर गनगाई घाइते भएका थिए । घाइते उनलाई उपचारका लागि दमकस्थित आम्दा अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले जानकारी दिनुभयो । रासस