Monday, April 20News That Matters

झापामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गयो

पूर्णपुष्टि, कार्तिक ७
झापाको पूर्व–पश्चिम राजमार्गको कनकाई नगरपालिका–९ लक्ष्मीपुर सडकखण्डमा भएको सवारी दुर्घटनामा परी एक जनाको ज्यान गएको छ । शनिबार साँझ पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्र १–०१–००१ ख ३५२० नम्बरकोे ट्रकले विपरीत दिशातर्फ गइरहेको मे ५प ८४७२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको ज्यान गएको हो ।

अर्जुनधारा नगरपालिका–३ का २७ वर्षीय निश्चल खनालको सो दुर्घटनामा ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ट्रकको ठक्करबाट मोटरसाइकल चालक खनाल गम्भीर घाइते भएपछि तत्काल उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल पु¥याइए पनि उनको उपचारकै क्रममा निधन भएको प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो ।