
पूर्णपुष्टि, चैत १३ ।
झापामा एक शिक्षकबाटै विद्यार्थीमाथि जबरजस्ती करणीको प्रयास भएको छ । जिल्लाको हल्दिबारी गाउँपालिका–१ स्थित चिल्ड्रेन गार्डेन एकेडेमीका शिक्षकले आफ्नै १३ वर्षीया छात्रामाथि करणीको प्रयास गरेको हो ।
विद्यालयमा पढाउने शिक्षक श्रीप्रसाद शिवाकोटीले कक्षा ७ मा अध्ययनरत छात्रामाथि यौन दुर्व्यवहार गरेका छन् । प्रहरीले शिवाकोटीलाई पक्राउ गरेर झापा जिल्ला प्रहरी कार्यालयमा रोखेको बताइएको छ ।
अंग्रेजी र सामाजिक अध्यापन गराउने ति शिक्षकले छात्रामाथि शारीरिक र मानसिक यातना समेत दिएका हुन् । उनले छात्रालाई एकान्त स्थानमा बोलाएर गोप्य अंगमा छुने प्रयास गरेका थिए । छात्राले आफ्ना अभिभावकलाई घटनाबारे सुनाएपछि घटना बाहिर आएको हो । स्थानीय अभिभावक, जनप्रतिनिधिहरुले शिक्षकमाथि कडा कारावाहीको माग गरेका छन् ।
