Wednesday, June 17News That Matters

झापामा करेन्ट लगाई माछा मार्ने क्रममा ३ जनाको मृत्यु

पूर्णपुष्टि, भदौ २६ गते ।
झापाको छुट्टा छुट्टै तीन स्थानमा करेन्ट लगाई माछा मार्ने क्रममा ३ जनाको मृत्यु भएको छ । बुद्धशान्ति गाउँपालिका–३ स्थित रहेको कुलोको पानीमा करेन्ट लगाई माछा मार्ने क्रममा अचानक करेन्ट लागि ३२ वर्षीय कमल रसाईली घाईते भएका थिए । घाईते रसाईलीको स्थानिय सिटी अस्पताल बुधबारेमा सामान्य उपचार पश्चात थप उपचारको लागि बि.एन. सि. अस्पताल बिर्तामोड लगिएकोमा उनको अस्पताल पु¥याउनासाथ मृत्यु भएको हो । उनी हिजो अपरान्ह याङबरक गाउँपालिका–६ पाँचथर घर भई बुद्धशान्ति–२ स्थित आफन्तको घरमा बस्दै आएका थिए ।
यसैगरी, हल्दीबारी गाउँपालिका–५ का ६१ बर्षीय ओम बहादुर थाम्सुहाङ भुतेनी खोलामा करेन्ट लगाई माछामार्ने क्रममा करेन्ट लाग्दा उनको घटना स्थलमै मृत्यु भएको थियो । यता मेचीनगर नगरपालिका–५ स्थित हडिया खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागि घाईते भएका मेचीनगर नगरपालिका–११ धाईजनका ४७ बर्षीया सन्त चौधरीको आम्दा अस्पताल धुलाबारीमा उपचारको क्रममा मृत्यु भएको हो । घटना सम्बन्धमा सम्वन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भईरहेको छ ।