
मोरङ, बैशाख १७ गते ।
मोरङको बिराटनगरमा टायर पड्किदा एक जना भारतीय नागरीकको मृत्यु भएको छ । विराटनगर–१३ मा टायर पड्कदा भारत समस्तिपुर घर भएका २५ बर्षीय मो. हैदरको मृत्यु भएको हो ।
बिराटनगर–१३ का जितेन्द्र यादबको सटर भाँडामा लिएर गाडिको टायरको पम्चर बनाई बस्दै आएको थियो । आज दिउँसो साढे १ बजे पुरानो टायरमा हावा लगाउने क्रममा एक्कासी टायर पड्किदा टायर भित्रको फलामको रिङ टाँउको र शरिरमा लागेर घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।
मृतक हैदरको शव पोष्टमार्टमको लागी कोशी अस्पताल बिराटनगर लगिएको छ भने घटनाको थप अनुसन्धान भईरहेको ईप्रकाले जनाएको छ ।
