
उदयपुर, बैशाख, १७
उदयपुरको कोरोना प्रभावित क्षेत्र भुल्केका नागरिकहरुलाई सरसफाइका सामाग्री वितरण गरिएको छ । त्यस क्षेत्रका ५७ घरधुरीलाई गैर सरकारी संस्थाले खाद्यान्न तथा सफाई सामाग्री बुधबार वितरण गरेका हो । गैरसरकारी संस्था महासंघ केन्द्रिय कार्यलयको सहयोग तथा जिल्लाको समन्वयमा बिभिन्न सरसफाइ तथा खाद्यन्न सामाग्री वितरण गरिएको गैरसरकारी संस्था महासंघका केन्द्रिय सदस्य तथा १ नं प्रदेश इन्चार्ज महेश्वरी राइले बताउनुभयो ।
प्रभावित क्षेत्रमा घेरा बन्दिमा रहेका नागरिकहरु बाहिर निस्कन नमिल्ने भएपछि उनिहरुलाई घरघरमै स्वास्थ्य सामाग्री उपलब्ध गराएको पनि दनुवारले बताउनुभयो । उनिहरुलाई ह्यण्डवास स्टेसन र बाटा सहतको बाल्टिन, जग, सेनिटाइजर, साबुन, सरफ, मास्क लगायत स्वास्थ्य सामग्रीहरु वितरण गरिएको गैरसरकारी संस्था महासंघकी केन्द्रीय सल्लाहकार सिर्जना दनुवारले बताउनुभयो । खाजाको रूपमा केही खाद्यान्न पनि उपलब्ध गराईएको छ ।
त्रियुगा नगरपालिकाका प्रमुख बलदेव चौधरी लगायतले सामाजिक दुरी अपनाउनुका साथै विशेष सतर्कता साथ स्वास्थ सामाग्री वितरण गरिएको हो । कोरोना नियन्त्रणका लागि गाउँ लक तथा सुरक्षा घेराभित्र बसेका मुस्लिम समुदायलाई सरसफाईमा थप टेवा पुगोस् भन्ने हेतुले सामाग्री वितरण गरिएको बताईएको छ ।
प्रत्येक घर बाल्टीन १ थान, सावुन ६ ओटा, सरफ १ केजी, माक्स १ दर्जन, बिस्कुट १ झोला, भुझा ३ केजी, सेनेटरी प्याड ३ प्याकेटको दरले सामाग्री वितरण गरिएको छ ।
फोटोहरु

