Thursday, May 21News That Matters

नेपालीको आय एक वर्षमा ९ हजार बढ्यो

पूर्णपुष्टि, बैशाख १७ गते । 

नेपालीको पछिल्लो एक वर्षमा औसत आय झण्डै ९ हजार रुपैयाँले बढेको छ । यो आर्थिक वर्षमा नेपालीको प्रतिव्यक्ति आय एक हजार ८५ अमेरिकी डलर अर्थात एक लाख २६ हजार ८५ रुपैयाँ पुगेको हो ।

यो गत आर्थिक वर्षको भन्दा आट हजार सात सय ५० रुपैयाँले बढी हो । गत आवमा नेपालीको प्रतिव्यक्ति आय एक लाख १७ हजार दुई सय ६७ रुपैयाँ थियो ।

प्रतिव्यक्ति आय कुल गार्हस्थ उत्पादनलाई आधार मानेर निकालिन्छ । यस वर्ष नेपालको कुल गार्हस्थ उत्पादन ३७ खर्ब ६७ अर्ब रुपैयाँ रहेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ ।