
पूर्णपुष्टि, असोज २४ । बारामा टिकटक बनाउन खोलामा हामफोका एक युवक ६ दिनपछि मृतअवस्थामा फेला परेका छन् । गत असोज १९ गते टिकटक बनाउनका लागि दुधौरा खोलाको पुलबाट हामफाका प्रसौनी गाउँपालिका–२ का २१ बर्षीय विकी गोसाइँ आज मृत फेला परेका हुन् ।
सोही दिनदेखि बेपत्ता भएका उनी ६ दिनपछि गण्डक जाने बङ्गरी पुल नजिक मृत फेला परेको बाराका प्रहरी प्रवक्ता विजयराज पण्डितले जानकारी दिए । पुलबाट हामफालेका गोसाइँलाई सशस्त्र प्रहरी र नेपाली सेनाको गाताखोर टोलीको सहयोगमा खोजतलास गरिएको थियो ।