
गाईघाट, फागुन १८ गते ।
पाल्पामा टिपरले स्कुटरलाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ । माथागढी गाउँपालिका–५ मा लु २ ख २०३१ नम्बरको टिपरले लु ४१ प् १८९० नम्बरको स्कुटरलाई ठक्कर दिदा स्कुटर चालकको मृत्यु भएको हो ।
माथगढीबाट सुनवल तर्फ जादै गरेको स्कुटरलाई विपरित दिशावाट आउँदै गरेको टिपरले ठक्कर दिदा स्कुटर चालक रुपन्देही देबदह नगरपालिका–६ निबासी ४६ वर्षीय तुलसिङ सिङकिजाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
टिपरको ठक्करबाट घाईते भएका सिङकिजाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
