Saturday, May 16News That Matters

अरक्षणको हात्तीले घाँसेको ज्यान लियो

गाईघाट, फागुन १८ गते । 

कोशी टप्पु वन्यजन्तु आरक्षका जंगली हात्तिले घाँस काट्न गएका घाँसेको ज्यान लिएको छ । सप्तरीको कञ्चनपुर नगरपालिका–५ निबासी ४१ वर्षीय चन्द्रिकादेवी मुखियाको हात्तिको आक्रमणबाट ज्यान गएको हो ।

आरक्षमा शनिबार घाँस काट्न गएकी मुखियालाई हात्तिले आक्रमण गर्दा घटना स्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।