Saturday, May 16News That Matters

सडकबाट लडेर एक पुरुषको मृत्यु

पूर्णपुष्टि, फागुन १८ गते । 

काठमाण्डौमा सडकबाट लडेर एक जनाको मृत्यु भएको छ । कलङ्कीको सडकमा गतराती हिड्दै गर्दा सडकदेखि तल खसेर मृत्यु भएको प्रहरीले जनाएको हो ।

सडकबाट खसेर घाईते भएको अन्दाजी ६० वर्षीय पुरुषको उपचारको क्रममा सुन्धाराको ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुने पुरुषको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।

 

यो पनि पढ्नुस् ।

कोशी टप्पु वन्यजन्तु आरक्षका जंगली हात्तिले घाँस काट्न गएका घाँसेको ज्यान लिएको छ । सप्तरीको कञ्चनपुर नगरपालिका–५ निबासी ४१ वर्षीय चन्द्रिकादेवी मुखियाको हात्तिको आक्रमणबाट ज्यान गएको हो ।

आरक्षमा शनिबार घाँस काट्न गएकी मुखियालाई हात्तिले आक्रमण गर्दा घटना स्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।