
झापा, पुस २६ गते ।
झापाको दमकमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । दमक नगरपालिका–४ कृष्ण मन्दिर अगाडी पूर्व पश्चिम राजमार्गमा टिपरको ठक्करबाट तुलसा गौतमको मृत्यु भएको हो ।
पूर्वबाट पस्चिम तर्फ आउँदै गरेको मे १ क ६४९ नम्बरको टिपरले बिहान साढे ६ बजे स्थानीय ६९ वर्षीयी गौतमलाई ठक्कर दिदा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने टिपर र टिपर चालक प्रहरी नियन्त्रणमा राहेको इलाका प्रहरी कार्यालय उर्लावारीले जनाएको छ ।
