
झापा, पुस २६ गते ।
झापामा ट्रकले मोटरसाईकललाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ । मेचीनगर नगरपालिका–७ ईटाभट्टा चोकमा ट्रकले ठक्कर दिदा रामप्रसाद यादवको घटनास्थलमै मृत्यु भएको हो ।
पश्चिमबाट पुर्ब तर्फ आउँदै गरेको मे ४ प ९३१३ नंबरको मोटरसाईकललाई युपी २५ डी १६९३ नम्बरको ट्रकले गतराती पौने १० बजे ठक्कर दिदा मोटरसाईकल चालक बारा काँकडी–७ निबासी ४० वर्षीय यादबको घटनास्थल मै मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने ट्रक र ट्रक चालक भारतको मधुबनी जिल्ला निबासी ४८ वर्षीय नरेश कुमार यादब ईलाका प्रहरी कार्यालय काँकडभिट्टाको नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
