
झापा, बैशाख ३१ गते ।
झापाको दमकमा टिपरको ठक्करबाट एक साईकल यात्रीको मृत्यु भएको छ । दमक नगरपालिका–५ हरिओम कोलिनीको भित्री सडकखण्डमा टिपरको ठक्करबाट साईकल यात्री शोभित दर्जीको मृत्यु भएको हो ।
पश्चिमबाट पूर्वतर्फ जाँदै को १ ख ५५२४ नम्बरको टिपरले बिपरीत दिशाबाट आऊँदै गरेको साईकललाई आज बिहान साँढे ८ बजे ठक्कर दिंदा साईकल यात्री दमक १ का १६ बर्षीय दर्जीको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीले साईकललाई ठक्कर दिने टिपर र चालकलाई नियन्त्रणमा लिएको छ भने घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
