
सुनसरी, बैशाख ३१ गते ।
सुनसरीको कोशी गाउँपालिका–१ यादव टोलबाट लागूऔषध सहित एक जना भारतिय नागरीक पक्राउ परेको छ । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय लौकहीबाट खटेका प्रहरी टोलीले मंगलवार राती साँढे ११ बजे भारतबाट नेपाल तर्फ आउँदै गरेको भारतीय नागरीक शंकर यादवलाई लागुऔषधसहित पक्राउ गरेको हो ।
भारतको अररिया बेलग्राम पंचायत–७ का २७ बर्षीय यादवको साथबाट स्पास्मोप्रोक्सिवन ५ सय २७ ट्याव्लेट, डाईलक्स डि.सी. एक सय एमएलको २८ बोतल र गाँजा ३० ग्राम बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका यादवको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईप्रकाले जनाएको छ ।
