
काठमाण्डौँ, चैत २६
काठमाडौँको नाङ्गेबजारमा टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा टिपरका सहचालक धादिङको थाँक्रे गाउँपालिका–७ का २० वर्षीय किरण बाँस्कोटा रहेका छन् ।
शङ्खरापुर नगरपालिका–१ नाङ्लेबजारमा गएराति बा४ख ६३७९ नं को टिपर सडकबाट करिब १०० मिटर तल खसेको र टिपरले नै किचेर बाँस्कोटाको मृत्यु भएको प्रहरीले जनाएको छ । (रासस)
