Tuesday, April 21News That Matters

टिप्परको ठक्करबाट पैदल यात्रीको मृत्यु

काठमाण्डौँ, चैत १५
बाँकेमा टिप्परको ठक्करबाट आज एक पैदल यात्रीको मृत्यु भएको छ ।

कोहलपुरबाट नेपालगञ्जतर्फ जाँदै गरेको भे१क ६५६ नंको टिप्परले नेपालगञ्ज उपमहानगरपालिका–२० राँझा चोकमा ठक्कर दिँदा स्थानीयवासी ७० वर्षीय वीरबल भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक मधुसूदन न्यौपानेले जानकारी दिनुभयो ।

ठक्करबाट गम्भीर घाइते भएका भण्डारीलाई अस्पताल पु¥याएलगत्तै चिकित्सकले मृत घोषणा गरिएको उहाँले बताउनुभयो । ठक्कर दिने टिप्पर र चालकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । (रासस)