Sunday, May 10News That Matters

टिप्परको ठक्करबाट हवल्दारको मृत्यु

पूर्णपुष्टि, जेठ २९ गते । 

हेटौँडामा टिप्परको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु भएको छ । टिपरले स्कुटरलाई ठक्कर दिदा स्कुटरमा सवार नेपाल प्रहरीका हल्दारको मृत्यु भएको हो ।

हिजो बेलुका करिब ९ बजे टिप्परको ठक्करबाट मृत्यु भएको मृतक अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडा कार्यालयमा कार्यरत प्रहरी हवल्दार केशरदोर्जे थिङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्र३–०२–०१२ प १३३८ नम्बरको स्कुटरमा रहेका थिङलाई हेटौँडाको राप्ती पुलबाट बजारतर्फ आउँदै गर्दा जिल्ला प्रहरी कार्यालय नजिकै ना ८ ख ७५५८ नम्बरको टिप्परले ठक्कर दिदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने टिप्पर र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।