Saturday, June 27News That Matters

टिप्पर दुर्घटना २ जनाको मृत्यु

पूर्णपुष्टि, असार २०

प्युठानमा टिप्पर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । चुनढुङ्गा बोकेको ना ७ ख ८९३८ नम्बरको टिप्पर प्युठानको सरुमारानी गाउँपालिका–६ मोतिपुरमा दुर्घटना हुँदा टिप्पर चालक र सहचालकको मृत्यु भएको हो ।

दुर्घटनामा चालक प्युठानको नौबहिनी गाउँपालिका–६ पिपलटारीका ३० वर्षका रोशन थापा र सहचालक २७ वर्षका झगबहादुर पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।