Saturday, June 27News That Matters

पहिरोमा बेपत्ता मध्ये ४ जनाको शव भेटियो

पूर्णपुष्टि, असार २०

बझाङको केदारस्युँमा पहिरोमा परि बेपत्ता भएका ७ जना मध्ये ४ जनाको शव भेटिएको छ । केदारस्युँ गाउँपालिका ८ मल्लेखीमा पहिरोमा परि बेपत्ता भएकामध्ये ४६ वर्षीया राममतिदेवी जेठारा, उनका ११ वर्षीय छोरा प्रयाग जेठारा, ७  वर्षीया छोरी अस्मिता जेठारा र स्थानीय ८० वर्षीय दले जेठाराको पनि शव भेटिएको हो ।

पहिरोमा परि बेपत्ता भएका मध्ये अझै तीन जना गिरिजा जेठारा, शान्ति जेठारा र शन्तु जेठारालाई फेला पर्न नसकिएको प्रहरीले जनाएको छ ।

गतराति आएको पहिरोले १७ घर बगाएको स्थानीयहरुले बताएका छन् । अरु पहिरो आएको थाहा पाएपछि घर छाडेर सुरक्षित ठाउँ तिर भागेका थिए । घटनास्थलमा नेटवर्कले काम नगरेकाले थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।