Sunday, June 28News That Matters

टिफरको ठक्करबाट बाजे नातिनीको मृत्यु

मोरङ, फाल्गुन २१ गते ।

टिफरको ठक्करबाट मोरङमा नातिनी बाजेको मृत्यु भएको छ । टिफरको ठक्करबाट ग्रामथान–२ निबासी ४५ वर्षीय बाबुराम सरदार र उनको नातिनि ६ वर्षीया सबिता सरदारको मृत्यु भएको प्रहरीले जनाएको हो ।

बिराटनगर–१९ मिलन चोक नजिक  पुर्वबाट पश्चिमतर्फ जादै गरेको  को १ ख २९१७ नम्बरको टिफरले  गतराती सवाँ ९ बजे बिपरित दिसाबाट आउदै गरेको प्रदेश १–००२ ह  ८६०६ नम्बरको अटो टेम्पोलाई ठक्कर दिदा अटो चालक बाबुराम र सविताको घटना स्थ्लमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने टिफर र टिफर चालक सुनसरी रामधुनी–५ निबासी ३३ बर्षीय हरेराम चौधरी प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

 यो पनि पढ्नुस् ।

भोजपुरमा ट्याक्टर दुर्घटना हुदा सह–चालकको मृत्यु भएको छ । पौवादुम्मा–२ मा ट्याक्टर दुर्घटना हुदा पौवादुम्मा–१ निबासी २६ बर्षीय जनक भुजेलको मृत्यु भएको हो ।

मध्य पहाडी लोकमार्ग अन्र्तगत पौवादुम्मा–२ मा किराना सामान अनलोट गरी श्यामसिलाबाट तिवारीभञ्याङ  तर्फ फर्कदै गरेको को २ त ५९१९ नम्बरको  ट्याक्टर अनियन्त्रित भई सडकदेखि करिब ५० मिटर तल खसेर दुर्घटना हुदा सह–चालक भुजेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भिर घाईते भएका भुजेलको जिल्ला अस्पताल धनकुटामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टर चालक भोजपुर अरुण गाउँपालिका–६ निबासी २५ बर्षीय महेन्द्र बिक घाईते भएकाले विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरानमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।