
पूर्णपुिष्ट, फागुन २१ गते ।
आज सवै विदेशी मुद्राको भाउ बढेको छ । बुधबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलर १ कोे खरिददर १ सय १६ रुपैयाँ ९८ पैसा र बिक्रीदर १ सय १७ रुपैयाँ ५८ पैसा तोकेको छ । हिजो डलर एककोे खरिददर १ सय १६ रुपैयाँ ६ पैसा र बिक्रीदर १ सय १६ रुपैयाँ ६६ पैसा रहेको थियो ।
साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ १८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३४ पैसा तोकेको छ । हिजो खरिददर ३० रुपैयाँ ९४ पैसा र बिक्रीदर ३१ रुपैयाँ १० पैसा रहेको थियो । त्यस्तै कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ १३ पैसा र बिक्रीदर ३२ रुपैयाँ २९ पैसा तोकेको छ । हिजो खरिददर ३१ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४ पैसा तोकेको थियो ।
ओमानी रियाल १ को खरिददर ३ सय २ रुपैयाँ ८४ पैसा तोकेको छ । त्यस्तै यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३२ रुपैयाँ १ पैसा तोकेको छ । हिजो खरिददर ३१ रुपैयाँ ६० पैसा र बिक्रीदर ३१ रुपैयाँ ७६ पैसा रहेको थियो ।
मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ८२ पैसा र बिक्रीदर २७ रुपैयाँ ९६ पैसा तोकेको छ । हिजो खरिददर २७ रुपैयाँ ६० पैसा र बिक्रीदर २७ रुपैयाँ ७५ पैसा रहेको थियो । त्यस्तै कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ८१ पैसा र बिक्रीदर ९ रुपैयाँ ८६ पैसा तोकेको छ । हिजो खरिददर ९ रुपैयाँ ७१ पैसा र बिक्रीदर ९ रुपैयाँ ७६ पैसा रहेको थियो ।
कुवेती दिनार १ को खरिददर ३ सय ८२ रुपैयाँ २१ पैसा र बिक्रीदर ३ सय ८४ रुपैयाँ १७ पैसा तोकेको छ । हिजो खरिददर ३ सय ७८ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३ सय ८० रुपैयाँ ८१ पैसा रहेको थियो । त्यस्तै बहराइन दिनार १ को खरिददर ३ सय १० रुपैयाँ २४ पैसा र बिक्रीदर ३ सय ११ रुपैयाँ ८३ पैसा तोकेको छ । हिजो खरिददर ३ सय ८ रुपैयाँ १४ पैसा र बिक्रीदर ३ सय ९ रुपैयाँ ७३ पैसा रहेको थियो ।
