
पूर्णपुष्टि, फागुन २१ गते ।
आज सुनको भाउ बढेर तोलको ८० हजार पाँच सय पुगेको छ । एकै दिन सुन तोलामा २२ सय रुपैयाँ बढेर अहिलेसम्मकै महंगो बनेको हो ।
हिजो सुन तोलाको ७८ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो भने तोलामा २२ सय रुपैयाँ बढेर सुन तोलाको ८० हजार पाँच सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको भाउ पनि तोलामा २० रुपैयाँ बढेर तोलाको ८ सय ८० रुपैयाँमा कारोबार भैरहेको संघले जनाएको छ ।
