
उदयपुर माघ ६ गते ।
उदयपुरको जोगीटोलमा टिपर दुर्घटना हुदा चालकको मृत्यु भएको छ । उदयुरगढी गाउँपालिका–७ गोजीटोलमा टिपर दुर्घटना हुदा चालक कटारी नगरपालिका–२ खोक्सा निबासी २२ बर्षीय भुपेन्द्र खत्रीको मृत्यु भएको हो ।
नेपालटारबाट गाईघाट तर्फ आउदै गरेको ना ५ ख ४५१० नम्बरको टिपर आफै अनियन्त्रित भई आईतबार दिउँसो पउने २ बजे दुर्घटना भएको थियो । दुर्घटनामा गम्भिर घाईते भएका टिपर चालक खत्रीको नोबेल अस्पताल बिराटनगरमा उपचारको क्रममा राती पउने १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
