
पूर्णपुष्टि, जेठ २० । टि–२० क्रिकेट विश्वकप आजदेखी सुरु हुदैँछ । आजदेखी सुरु हुने विश्वकप संयुक्त राज्य अमेरिका र वेष्ट ईन्डिजमा हुनेछ । विश्वकपको उद्घाटन खेल आज घरेलु टोली अमेरिका र क्यानाडा बिच हुनेछ ।
पहिलो पटक टी–२० विश्वकपमा २० टोलीको सहभागिता रहेको छ । सबै टोलीलाई ४ समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहमा ५–५ टोलीले एकअर्कासँग प्रतिस्पर्धा गर्नेछन् र समूहका शीर्ष २ टोली सुपर–८ मा पुग्नेछन् । सुपर–८ मा पनि टोलीलाई ४–४ को २ समूहमा विभाजन गरिनेछ । सुपर–८ पछि सेमिफाइनल र फाइनलको बाटो तय हुनेछ ।
समूह ए मा भारत, पाकिस्तान, आयरल्याण्ड, अमेरिका र क्यानडा छ भने समूह बी मा इङ्ल्याण्ड, अस्ट्रेलिया, नामिबिया, स्कटल्याण्ड र ओमान रहेको छ । त्यस्तै समूह सी मा न्यूजिल्याण्ड, वेस्ट इन्डिज, अफगानिस्तान, युगान्डा र पपुवा न्युगिनी छ भने समूह डी दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश, नेदरल्याण्ड र नेपाल रहेको छ । नेपालले समुह चरणको आफ्नो पहिलो खेल मंगलबार नेदरल्याण्ड्स सँग खेल्नेछ ।
