Saturday, April 18News That Matters

टी–२० सिरिज खेलमा न्युजिल्यान्डको जित

भदौ १८ गते ।  

टी–२० क्रिकेट सिरिज खेलमा श्रीलंकाविरुद्धको एक खेल अगाडी नै न्युजिल्यान्डले जित हात पारेको छ । गतराती पल्लाकेल अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा घरेलु टोली श्रीलंकालाई न्युजिल्यान्डले चार विकेटले पछि पार्दै जित हात पारेको हो ।

टी–२० क्रिकेट सिरिजको दोस्रो खेलमा न्युजिल्यान्डले एक खेल अघि नै सिरिज जितेको छ । १६२ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको न्युजिल्यान्डले १९.४ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य भेटायो ।

न्युजिल्यान्डका लागि दुई खेलाडीले अर्धशतक बनाएका थिए । कोलिन डि ग्रान्डहमले ५९ रन बनाउँदा टोम ब्रुसले ५३ रन बनाएको थियो भने बलिङतर्फ अकिला दनन्जयले तीन विकेट लिएका थिए ।

टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १६१ रन बनाएको थियो । श्रीलंकाका लागि निरोशान डिकवेल्लाले ३९ र अभिस्का फर्नान्डोले ३७ रन बनाएका थिए । यस अगाडीको पहिलो खेलमा पनि श्रीलंकालाई न्युजिल्यान्डले हराएको थियो ।