Saturday, April 18News That Matters

बढी अपराध हुने जिल्ला काठमाण्डौ

भदौ १७ गते ।  

सवै भन्दा बढी अपराध हुने जिल्ला काठमाण्डौ भएको एक तथ्याङकले देखाएको छ । प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागले गरेको अध्ययनले बढी अपराध हुने जिल्ला काठमाण्डौ देखाएको हो ।

गत आर्थिक वर्ष ०७५/७६ मा गरिएको एक अध्ययनले काठमाडौंमा ८ हजार ५ सय ५९ मुद्दा दर्ता भएका देखाएको छ । काठमाण्डौपछि पूर्वको मोरङ दोस्रो बढी अपराध हुने जिल्लामा पर्ने देखिएको छ । एक हजार ८ सय ८८ वटा मुद्दा दर्ता भएको तथ्याङ्कले देखिएको छ ।

मोरङपछि रूपन्देही, सुनसरी, झापा, कास्की, कैलाली, चितवन, धनुषा र बाँके हरेको छ । रूपन्देहीमा एक हजार ८ सय ३५ वटा मुद्दा, सुनसरीमा एक हजार ७ सय ८३ वटा मुद्दा दर्ता भएको तथ्याङ्कले देखाएको छ । त्यस्तै झापामा १ हजार ४ सय ३३ वटा, कास्कीमा एक हजार २ सय ७७ वटा, कैलाली एक हजार २ सय ३५ वटा, चितवनमा एक हजार एक सय ७८ वटा, धनुषा एक हजार एक सय ८७ वटा र बाँकेमा एक हजार एक सय ५८ वटा मुद्दा दर्ता भएको तथ्याङ्कले देखाएको छ ।