
झापा, माघ २९ गते ।
झापाको शिवसताक्षीमा ट्याक्टरबाट लडेर सह–चालकको मृत्यु भएको छ । मोरङ टाँडी निबासी २३ बर्षीय मनित लिम्बुको ट्याक्टरबाट लडेर मृत्यु भएको हो ।
शिबसताक्षी लालझोडा स्थित भित्री सडकखण्डमा दक्षिणबाट उत्तर तर्फ जांदै गरेको मे १ त ४५४४ नम्बरको ट्याक्टरमा सवार सह–चालक लिम्बु मंगलबार बेलुका ७ बजे अचानक ट्याक्टरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्याक्टरबाट लडेर घाईते भएको लिम्बुको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कायालय झापाले जनाएको छ ।
