
गाईघाट/भदौ ८ गते ।
गाईघाटको पिपल चौकमा ट्याक्टर दुर्घटना हुदा चालक सहित पाँच जना घाईते भएका छन् । त्रियुगा नगरपालिका – ११ ड्रिमल्याण्ड होटल अगाडी आईतबार भएको दुर्घटनामा चालकसहति पाँच जना घाईते भएका हुन् ।
विहान करिब साढे १० बजे ट्याक्टर दुर्घटना भएको प्रहरीले जनाएको छ । पिपल चौकबाट पुरानो बस पार्क तर्फ जादै गरेको स १ त ६५८३ नम्बरको ट्याक्टर ओभर स्पिडको करण घुम्तिमा पल्टिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा सह–चालक त्रिनपा– ९ निबासी २२ वर्षीय भुले सदाको दायाँ खुट्टा भाँचिएको छ भने चालक र अन्य ट्याक्टरमा सवार समान्य घाईते भएको प्रहरीले जनाएको छ । चालक त्रिनपा – ९ गैरुन निबासी २५ वर्षीय काली सदा र अन्य १८ वर्षीय बुद्ध सदा, १८ वर्षीय विन्दु सदा र २८ वर्षीय सुकदेव सदा घाईते भएको प्रहरीले जनाएको छ ।
घाईतेहरुको स्थानिय सिभिल अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
