
भोजपुर, जेठ ३० गते ।
उदयपुरको उदयपुरगढी गाउँपालिका–६ बस्ने ९ बर्षीया बिबिषा पाण्डेको ट्याक्टर दुर्घटनामा मृत्यु भएको छ ।
उगापा–७ बाघखोरमा स १ त ५१०७ नम्बरको ट्याक्टर हिजो दिउँसो ५ बजे आफै अनियन्त्रित भई दुर्घटना हुदा सोही ट्याक्टरमा सवार रहेकी बालिकाको घटनास्थलमै मृत्यु भएको जिलल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने मृतक बालिका ट्याक्टर चालककै छोरी रहेको प्रहरीले जनाएको छ ।
