Monday, April 20News That Matters

भोपुरमा ट्याक्टर दुर्घटना हुदा १ बालिकाको मृत्यु

भोजपुर, जेठ ३० गते ।

भोजपुरको रामप्रसादराई  गाउँपालिका–५ बस्ने १४ बर्षीया पुष्पा पराजुलीको ट्याक्टर दुर्घटनाबाट मृत्यु भएको छ ।

रामप्रसादराई गाउँपालिका–५ स्थित भित्री सडक खण्डमा को २ त ८७१४ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई हिजो दिउँसो करिब ५ बजे सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना हुँदा सोही ट्याक्टरमा सवार रहेकी बालिकाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

ट्याक्टरमा रहेका अन्य ५ जना समेत घाईते भएको थियो । उनिहरुलाई थप उपचारको लागी बिराटनगर पठाएको प्रहरीले जनाएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा रहेको जनाईएको छ ।