
तेह्रथुम, असार २०
तेह्रथुममा ट्याक्टर दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ । आठराई गाउँपालिका–५ सुकेपोखरी सार्की डाँडामा ट्याक्टर दुर्घटना स्थानीय ३८ बर्षीय ललित खवास र ४० बर्षीय श्याम मगर रहेको मृत्यु भएको हो ।
श्री केजी निर्माण सेवाको मे १ त ६२१९ नम्बरको ट्याक्टर चुहानडाँडाबाट सुकेपोखरी तर्फ जाने क्रममा हिजो बेलुका करिब ७ बजे एक्कासी १० मिटर तल खसी दुर्घटना हुदा खवास र मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।
ट्याक्टरमा सवार अन्य ५ जना पनि घाईते भएको थियो । उनीहरुको जिल्ला अस्पताल पांचथरमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
