
सुनसरी, असार २०
सुनसरीको छुट्टा छुट्टै दुई ठाउँमा सवाी दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ । बर्जु गाउँपालिका र ईटहरीमा सवारी दुर्घटना हुदा शिवु महत्तो र स्वस्तिका चौधरीको मृत्यु भएको हो ।
बर्जु गाउँपालिका–२ स्थित बिराटनगर सितागंज सडकखण्डमा ना ७ ख २६२६ नम्बरको टिप्परले हिजो अपरान्ह साढे ४ बजे को २ ह ३२४२ नम्बरको अटो टेम्पोलाई ठक्कर दिदा अटोमा सवार ५५ बर्षीय महत्तोको मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै ईटहरी–१७ स्थित राजमार्गमा को ११ प २६५८ नम्बरको मोटरसाईकलले हिजो साझँ साढे ५ बजे को २३ प ५५५६ नम्बरको मोटरसाईकललाई पछाडीबाट ठक्कर दिदा दुर्घटना हुदा को २३ प ५५५६ नम्बरको मोटरसाईकल पछाडी सवार ईटहरी–७ बस्ने २० बर्षीया चौधरी घाईते भएको थियो । उनको नोबेल हस्पिटल बिराटनगरमा उपचारको क्रममा हिजो साझँ सवा ६ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
