
पूर्णपुष्टि, फागुन २४ ।
तेह्रथुम सदरमुकामा म्याङलुङ नगरपालिका–१ केउरेनी डाँडाखर्कमा ट्याक्टर पल्टिँदा एक जना युवकको ज्यान गएको छ । सोही स्थान बस्ने २२ वर्षीय किशोरकुमार विश्वकर्माको ट्याक्टर पल्टेर दुर्घटना हुदाँ ज्यान गएको हो ।
म्याङलुङ बजारबाट घर फर्कने क्रममा प्रदेश १–०२–००३ त १२१२ नम्बरको ट्याक्टर सोमबार राति ८ बजे दुर्घटनामा परेको थियो ।
दुर्घटनामा सहचालक महेशकुमार विश्वकर्माको दाहिने खुट्टा भाचिएको छ । उनलाई उपचारका लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक कोमल ठाकुरले जानकारी दिए । ट्याक्टर दुर्घटना स्थलबाट करिब ६० मिटर तल खसेर क्षतविक्षत अवस्थामा रहेको समेत प्रहरीले जनाएको छ । ट्याक्टर चालक सुवास विश्वकर्मालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडी बढाएको तेह्रथुम प्रहरीले जनाएको छ ।
