Monday, April 20News That Matters

ट्याक्टर भिरबाट खस्दा चालकको मृत्यु

पूर्णपुष्टि, कार्तिक १

संखुवासभा मादी नगरपालिका १ तिनजुरे स्थित भित्री कच्चि सडक खण्डमा ट्यक्टर भिरबाट खसेर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा तेह्रथुम लालिगुरास नगरपालिका १ घुर्मुसे का ३७ बर्षीय रमेश दाहाल रहेका छन् । हिजो बिहानको राती १ बजे टुटेबाट गुफा तर्फ जादै गरेको ON TEST ट्याक्टर आफै अनियन्त्रित भई सडकबाट बाँयाँ अन्दाजी ३०० मिटर तल भिरमा खसि दुर्घटना हुँदा चालक दाहालको घटनास्थलमानै मृत्यु भएको छ । घटनास्थलमा प्रहरी चौकी मादीमुलखर्क, टुटेदेउराली र ईलाका प्रहरी कार्यालय चैनपुरबाट प्रहरी टोली खटि गई कानुनि प्रकृया तथा थप अनुसन्धान भईरहेको छ ।