
पूर्णपुष्टि, असोज १२
मोरङ रतुवामाई नगरपालिका ८ आँमडाडा स्थित आँमबारी–उर्लाबारी सडक खण्डमा ट्याक्टर र मोटरसाईकल एक आपसमा ठोक्किदा एकको मृत्यु, एक जना घाईते भएको छ । हिजो बेलुका ८ बजे मे१त ४४८७ नम्बरको ट्रयाक्टर र बिपरीत दिशाबाट आउदै गरेको प्र–३–०२–००२ प ४५८७ नम्बरको मोटरसाईकल एकआपसमा ठोक्किदा दुर्घटना भएको भएको हो ।
मोटरसाईकल चालक सोही स्थानका २७ बर्षीय बिबेक पोखरेल र पछाडी सवार २८ बर्षीय यादव पाठक घाईते भई उपचारको लागी न्युरो अस्पताल विराटनगर पठाईएको थियो । घाईते मध्ये यादव पाठकको उपचारको क्रममा हिजो राती साढे ८ बजे मृत्यु भएको हो । ट्याक्टर र चालक रतुवामाई नगरपालिका २ का ३२ बर्षीय गणेश पासवानलाई नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ ।
