
पूर्णपुष्टि,वैशाख २३ । विश्वको बिकासीत देश अमेरिकामा ट्रकको ठक्कबाट एक नेपाली महिलाको मृत्यु भएको छ । रक्डेल सिटीनजिकै ट्रकले ठक्कर दिए पछि घाइते भएकी प्रमीला सुवेदीको निधन भएको हो ।
उनी रक्डेल सिटीनजिकै छोरालाई विश्वविद्यालय पुर्याएर फर्किने क्रममा प्रमीलाले आफैले चलाएको कारलाई बिहीबार साँझ ट्रकले ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट घाइते ४७ वर्षीय सुवेदीको घटनास्थलमै मृत्यु हुनु पुगेको जनाइएको छ । एनआरएन आइसीसी अमेरिकाका क्षेत्रीय उप–संयोजक रामकुमार सुवेदीकी धर्मपत्नीसमेत हुन् ।
