
पूर्णपुष्टि, असार १८
देशबर बर्षाको मौसम चलिरहेको छ । यो वेला यात्रा अनि बाटो घाटो पनि जोखिम छ । काहाँ कतिखेर के हुन्छ भन्ने कुरा थाहा हुँदैन ।
लगतार बर्षाको कारण जताततै पहिरो र बाढीले जनजिवन प्रभावित बनाउनुका साथै सवारीहरुलाई आवत जावतमा समेत समस्या पुगेको छ । यस्तै सन्दर्भमा नारायणघाट–मुग्लिन सडक खण्डमा रोकिरहेको ट्रकमाथी नै पहिरो झरेको छ । इच्छाकामना गाउँपालिका वडा नम्बर ६ जलवीरे नजिकै जाममा रहेको ट्रकमाथि पहिरो खसेको हो । आज बिहान करिब ७ बजेतिर खसेको पहिरोले ट्रकको एक छेउ पुरेको छ ।
पहिरोले नारायणघाटबाट मुग्लिनतर्फ सामान लिएर आउँदै गरेको ग १ ख ९९६१ नम्बरको ट्रकको आधा भाग पुरेको छ । पहिरोले यात्रुबहाक एक बसमा पनि क्षति पु¥याएको छ ।
बिहीबारदेखि यो सडकखण्डका विभिन्न ठाउँमा पहिरो र ठूला ढुंगा खसेका छन्। अवरूद्ध सडक खुलाउन सडक विभाग, प्रहरी र प्रशासन लागिपरेको छ ।
