
पूर्णपुष्टि, चैत १६ ।
ट्रकले ठक्कर दिँदा पोखरामा एक जना छात्राको ज्यान गएको छ, भने एक जना गम्भीर घाईते भएका छन् । ना ६ प ४७ २५ नम्बरको ट्रकले ग १६ प ६५९८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक १८ वर्षीया अञ्जना पाइजाको ज्यान गएको कास्कीका प्रहरी प्रवक्ता डीएसपी सुन्दर तिवारीले जानकारी दिए ।
स्कुटरको पछाडी बसेकी छात्रा मिना गुरुङ भने सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।
पोखरा–१५, नयाँ गाउँमा रहेको घरबाट स्कुटर चलाएर कलेज जाँदै गर्दा दुर्घटना भएको थियो । ट्रक चालकलाई प्रहरीले पक्राउ गरेको छ । दुर्घटनामा ज्यान गुमाएकी पाइजा कक्षा ११ मा अध्ययनरत थिइन् ।
