
पूर्णपुष्टि, पुष ५
सर्लाहीमा ट्रकले ठक्कर दिँदा एक जना छात्रको ज्यान गएको छ । जिल्लाको लालबन्दी नगरपालिका–९ स्थित पूर्वपश्चिम लोकमार्गअन्तर्गत बस्तीपुर चोकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ३ ख ७९९० नं को ट्रकले ठक्कर दिँदा एक छात्रको आज बिहान ज्यान गएको हो ।
लालबन्दी–९ स्थित जनज्योति माविमा कक्षा ९ मा अध्ययनरत चन्द्रनगर गाउँपालिका–१ का १६ वर्षीय दीपेन्द्रकुमार यादवको ज्यान गएको इलाका प्रहरी कार्यालय लालबन्दीका कार्यालय प्रमुख प्रहरी निरीक्षक निर्मल थापाले बताए । उनका अनुसार टियुसन पढ्न जाने क्रममा पैदल हिडिरहेका बेला छात्रलाई ट्रकले ठक्कर दिएको थियो । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रण लिएको छ ।
