
पूर्णपुष्टि, माघ २४
संखुवासभाको खाँदवारी नगरपालिका९ आज बिहान भएको ट्रक दुर्घटनामा परी चालकको ज्यान गएको छ । दुर्घटनामा परी ट्रक चालक गोरखाका २४ बर्षीय मिलन मग्रातीको ज्यान गएको हो ।
बिहान साँढे ६ बजेको समयमा खाँदवारीबाट सभाखोला तर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख ४३० नम्बरको ट्रक आफै अनियन्त्रीत भई दुर्घटना हुँदा घाईते भएका चालक मग्रातीको मनकामना हस्पिटल तुम्लिङटारमा उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय संखुवासभालले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

