
पूर्णपुष्टि ,चैत २४
भोजपुर अरुण गाउँपालिका–४ छेम्ताङ स्थितमा ट्रक अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु र एक जना गम्भिर घाईते भएका छन् । दुर्घटना हुँदा ट्रकमा सवार सोही ट्रकका धनि मोरङ पथरीशनिश्चरे–८ का ४३ बर्षीय भेष बहादुर बस्नेतको घटनास्थलमानै मृत्यु भएको थियो भने ट्रक चालक भोजपुर अरुण गाउँपालिका–६ जरायोटार का २० बर्षीय जनक बहादुर खड्का गम्भिर घाइते भएका हुँन् ।
सोमबार बेलुका ६ बजे धरानबाट भोजपुर तर्फ जादै गरेको ना ३ ख ३२० नम्बरको ट्रक अनियन्त्रित भई सडकको बायाँ भित्तामा ट्रकको अगाडीको भाग जोतिन गई दुर्घटना भएको थियो ।
ट्रकका धनि बस्नेतको घटनास्थलमानै मृत्यु भएको थियो भने ट्रक चालक खड्का गम्भिर घाईते भई धरान घोपामा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
