
पूर्णपुष्टि,चैत २४
ईलाममा एक महिलाको शरिरमा आगो सल्किदा एक जना महिलाको ज्यान गएको छ । रोङ गाउँपालिका–३ मार्से कि ४८ बर्षीया मन माया राईको आगोले जलि ज्यान गएको हो ।
सोमबार दिउसो ११ बजे उनी आफनै भान्सा कोठामा चिया लिन जाने क्रममा गाईको खोले पकाउने चुलोमा उनीले लगाईएको कटनको कपडामा आगो सलकिन गई शरीरको बिभिन्न भागमा पोल्दा घाईते भएकी थिन् । घाईते राईलाई उपचारको लागी बिर्तासिटी अस्पताल बिर्तामोड झापा लगिएको थियो सो अस्पतालमा उपचार हुन नसकि रातको सभा ९ बजे थप उपचारको लागी मेचि अंचल अस्पताल भद्रपुरमा राईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।
