Friday, May 15News That Matters

ट्रम्पलाई २० लाख डलर जरिवाना तिर्न आदेश

कात्तिक २२ गते । 

न्यूयोर्कको एक न्यायधिशले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई २० लाख डलर जरिवाना तिर्न आदेश दिइएको छ । ट्रम्पले सन् २०१६ को राष्ट्रपति चुनावमा परोपकारी संस्थाको रकम प्रयोग गरेको आरोपमा उक्त रकम जरिवाना तिन आदेश दिएको हो ।

न्यायाधीशले राष्ट्रपति ट्रम्पले नै उक्त रकम तिर्नु पर्ने आदेशमा उल्लेख गरेको बीबीसीले जनाएको छ । राष्ट्रपति ट्रम्पमाथि सन् २०१६ को राष्ट्रपति चुनावमा संस्थाको रकम प्रयोग गरेको आरोप लागेको थियो ।