
पूर्णपुष्टि, माघ २४ गते ।सुनसरीको देवानगंज गाउँपालिका–६ स्थित सडक खण्डमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने सहचालक घाईते भएका छन । मृत्यु हुनेमा बर्जु गाउँपालिका–५ का ४० बर्षीय प्रमोद पंडित रहेका छन् ।
आज बिहान देवानगंज–रासी सडक खण्डमा को. २ त ६२३८ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई सडक साईडमा पल्टिदा चालकसहित सहचालक घाईते भएका थिए । घाईते चालकको उपचारको क्रममा कोशी अस्पताल बिराटनगरमा मृत्यु भएको हो भने सहचालक देवानगंज–२ का ३० बर्षीय धिरेन्द्र खत्वेको सोही अस्पतालमा उपचार भईरहेको छ । घटना सम्वन्धमा इलाका प्रहरी कार्यालय देवानगंजबाट थप अनुसन्धान भईरहेको छ ।
