
पूर्णपुष्टि, फागुन १२ । जिल्ला प्रहरी कार्यालय उदयपुर र ट्राफिक प्रहरी कार्यालय उदयपुरका संयुक्त तथ्याङकले दर्घटनाको मुख्य कारण तिव्र गति रहेको देखाएको छ । पूर्व–पश्चिम बरुवा वसपार्क स्थित बिहिबार ट्राफिक प्रहरी कार्यालय उदयपुरद्धारा आयोजित दुर्घटना न्युनिकरण तथा ट्राफिक व्यवस्थापन बारे सवारी चालक तथा सम्बन्धित क्षेत्रहरु सँग छलफल कार्यक्रममा यस्तो निश्कर्ष निकालेको हो ।
ट्राफिक प्रहरी र जिल्ला प्रहरी कार्यालय उदयपुरको संयुक्त अनुसन्धानको तथ्याङक अनुसार तिव्र गति दुघंटनाकाको मुख्य कारण रहेको जनाए अन्तरक्रिया कार्यक्रममा छलफल भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरिक्षक (एसपी) ज्ञानेन्द्र बहादुर फुँयालले साउन देखी पुष सम्मको दुर्घटनाबारे जानकारी दिँदै सबै भन्दा बढी तिव्र गतिका कारण दुर्घटना निम्तिएको जानकारी गराए । एसपी फुँयालका अनुसार गएको ६ महिनामा उदयपुरमा ९१ ओटा दुर्घटना भएको मध्य १८ जनाको मृत्यु हुनुका साथै ४१ जना गम्भीर घाईते र १५८ जना साधारण घाईते भएको जनाईएको छ ।

अन्तरक्रियामा जिल्ला प्रमुख अधिकारी जनार्दन गौतमले दुर्घटना न्युनिकरणका लागि सबै क्षेत्र संवेदनशिल हुनु पर्ने जनाएको छ । गौतमले यो कुनै एक पक्षले मात्रै सुधार गरेर नहुने बनाए । त्यसका लागि ट्राफिक प्रहरी, सवारी चालक, सवारी व्यवसायी, प्रशासन, पैदलयात्री लगायत सम्पूर्णको सकरात्मक भुमिका र नियम पालना हुनु पर्ने गौतमले जनाए । अन्तरक्रिया कार्यक्रम सवारी व्यवसायी, सवारी चालक, ट्राफिक प्रहरी, जनप्रतिनिधि, प्रशासन र संञ्चारकर्मीहरुका बिच भएका थिए । अन्तरक्रियामा जिल्ला प्रमुख अधिकारी जनार्दन गौतमले दुर्घटना न्युनिकरणका लागि सबै क्षेत्र संवेदनशिल हुनु पर्ने जनाएको छ । गौतमले यो कुनै एक पक्षले मात्रै सुधार गरेर नहुने बनाए । त्यसका लागि ट्राफिक प्रहरी, सवारी चालक, सवारी व्यवसायी, प्रशासन, पैदलयात्री लगायत सम्पूर्णको सकरात्मक भुमिका र नियम पालना हुनु पर्ने गौतमले जनाए । यस्तै दुंर्घटना न्युनिकरणका लागि थुप्रै चुनौतिहरु रहेको अन्तरक्रियामा छलफल भएको छ । बजारमा पार्किङको अभाव, मनपरी भाडादर, रुट परिमिट बिहिन सवारी संञ्चालन सडकमा पशु चौपाया तथा निर्माण सामाग्री, कागजात बिनै सवारी चलाउने जस्ता कारण ट्राफिक व्यवस्थापनमा समस्या परेको जनाईएको छ । यता सवारी चालकहरुले भने आफुहरुमा पनि बिभिन्न समस्या रहेको जनाए ।
यात्रुहरुले भने गाईघाटमा अटोहरुको मनपरी भाडादर लाई तत्काल कायम गरी संञ्चालन गर्नु पर्ने बताएको छ । उनिहरुले आफु जानु पर्ने ठाउँ अनुसार मनपरी भाडा लिने र आफ्नो जानै पर्ने बाध्यताका कारण अटो रिक्साहरुले ट्र्यापमा पारेर मनपरी भाडा असुल्ने जनाए । यता अटो तथा सिटी रिक्सा चालकहरुले समय अनुसार भाडादर बढाएरै सवारी चलाउनु पर्ने बाध्य रहेको जनाए । उनिहरुले सामानको महँगी र तेलको महँगीले आफुहरुले भाडा तोक्ने गरेको जनाएको छ । कोही चालकहरु भने फटाहा हुने भन्दै आफुहरुले भने त्यस्तो नगरेको जनाए । सवारी व्यवासायीहरुले भने यातायात क्षेत्र कम्जोर हुनुमा सरकारको मुख्य भुमिका रहेको जनाएको छ । सवारी संञ्चालन सम्बन्धी सरकारको कुनै पहल मन्त्रालय नहुँदा यो क्षेत्र लापर्वाही भएको जनाए । यो समस्या सरकारी पक्षले जिम्मेवारी लिनु पर्ने जनाए ।

