Saturday, May 30News That Matters

ठगि गरेको आरोपमा १ जना पक्राउ

पूर्णपुष्टि, कार्तिक ७
झापाको दमक नगरपालिका–१६ घर भई हाल ईटहरी उप–महानगरपालिका–८ मा बसोबास गर्ने ४३ बर्षीय भक्त बहादुर राई ठगी गरेको आरोपमा पक्राउ परेका छन् । राईले ईटहरी–६ की ६१ बर्षीया एकल महिलालाई महिलाको श्रीमानको नाममा रहेको करिव दुई करोड छत्तिस लाख अन्ठानब्बे हजार रुपैया बराबरको घर जग्गा पास गराई दिन्छू भनी अर्के ब्यक्तिको नाममा पास गराई रकम ठगी गरेको भन्ने जाहेरीका आधारमा ईलाका प्रहरी कार्यालय ईटहरीले राईलाई पक्राउ गरेको हो । पक्राउ परेका राईलाई ठगी मुद्धा अन्तरगत कारवाही तथा थप अनुसन्धान भईरहेको छ ।