
पूर्णपुष्टि, साउन ९ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अपराधमा संलग्न ठुला, साना जो भए पनि दोषीलाई कानुनी दायरामा ल्याउने बताएका छन् ।
प्रेस सेन्टर नेपाल गोरखाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सो कुरा बताएका हुन् । उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो पटक भएको सुन तस्करीको घटनामा प्रहरीले गहिरो ढङ्गबाट अनुसन्धान गरिरहेको बताएका छन् । ठुला, साना जो भए पनि दोषीलाई कानुनी दायरामा ल्याउँछौँ ‘उनले भने’ तथ्य र प्रमाणका आधारमा मात्र पक्राउ गरी कारबाही पक्रिया अघि बढाईने छ ।
सुन प्रकरणको जरैसम्म पुग्ने गरी निर्देशन दिएको र दोषीलाई कुनै पनि हालतमा उम्कन नदिने पनि उनले बताए । भ्रष्टचार विरुद्धको अभियान दृढताका साथ अघि बढाइने र पछिल्लो समय सरकारले भ्रष्ट्राचारविरुघ चालेको कदमले नेपाली समाजमा आशा र विश्वास पलाएको गृहमन्त्री श्रेष्ठले बताए । आम जनताको जीवनस्तरमा परिवर्तन हुने गरी समृद्धिको आधार तयार पार्न सरकार प्रतिबद्ध रहेको उनले बताए ।
